काठमाडौँ, १७ मंसिर–नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन आगामी जेठमा हुने भएको छ।

महासंघको अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा शुक्रबार भएको केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २६ गतेदेखि काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो।

महाधिवेशन आयोजनाका लागि अध्यक्ष घर्ती मगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, महासंघमा आबद्ध जातीय संघका केन्द्रीय अध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष रहेको १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको महासंघले जनाएको छ।

महाधिवेशन कार्यतालिकाअनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा यही मंसिर ३० गते हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *