पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, १८ मंसिर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने सरकारको नीति नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल टिकटकलाई तत्कालका लागि प्रतिबन्ध लगाए पनि विधेयक बनाएर नियमन गर्ने गरी खोल्न सकिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

सम्पादकहरुसँग आज गरेको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अंकुश लगाउने कुनै सोच छैन, प्रधानमन्त्री प्रचण्डले भने, तपाईंहरु भन्नुहुन्छ भने नियमन गरेर चलाउन पनि सकिन्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक बैठकमा टिकटक बन्द गर्न प्रस्ताव गरेको प्रचण्डले सुनाए। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि तीन महिना पहिल्यै नै टिकटक बन्द गर्न प्रस्ताव गरेको प्रचण्डले बताए।

ओली र देउवाले सधैँ टिकटक बन्द गर्न किन ढिलो गरेको भनेर सोधिरहनुहुन्थ्यो, प्रधानमन्त्रीले थपे, ‘मैले नै रोकेर राखेको थिएँ, तीन महिनापछि बल्ल बन्द गरिएको हो ।’

प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्री र सचिवहरुको लर्को लागेर हुने विदेश भ्रमण रोकिने पनि बताए। उनले मन्त्री प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे भने केही बोलेनन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *