दमक, १८ मंसिर–सुन्दर समाज नेपाल दमककी संस्थापक अध्यक्ष तथा व्यवसायी रुपा सेलिङ (सवेहाङ) लिम्बूले आफ्नी छोरी माङ्गेना सवेहाङ लिम्बूको जन्मदिनमा सामाजिक कार्यतर्फ सहभागिता जनाएकी छन् ।
आफ्नो पहल र नेतृत्वमा स्थापना भएको दमकस्थित सुन्दर समाज नेपालको कार्यालय व्यवस्थापनमा सहयोग पुगोस भन्दै १० थान कुर्सी उपलब्ध गराएर छोरी माङ्गेनाको जन्मदिन मनाएकी हुन् । १० थान कुर्सी संस्थाकी अध्यक्ष विन्दु (लक्की) सिटौलासहित पदाधिकारी र सदस्यहरुको उपस्थितीमा आमा रुपा र छोरी माङ्गेनाले हस्तान्त्रण गरेका थिइन् ।
जन्मदिनमा हुने मनोरञ्जनात्मक खर्चलाई बचाएर सामाजिक कार्यमा योगदान गर्न छोरी माङ्गेनाको आज परेको जन्मदिनलाई विशेष रुपमा मनाइएको आमा रुपाले बताईन् । रुपाका अनुसार समाजसेवाप्रति अरु कसैमा सकारात्मक सन्देश बनोस भन्ने उदेश्यका साथ संस्थालाई १० थान कुर्सी प्रदान गरिएको हो ।
दमक–१ की रुपा सुन्दर समाज नेपालका संस्थापक अध्यक्ष हुन् । उनी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाकी वरिष्ठ अभिकर्ता हुन् । दर्जन बढी सामाजिक संघसंस्थाहरु र शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष रुपमा सहभागिता भएर काम गर्दै आइरहेका छन् । रुपाले छोरी माङ्गेनाको यसअघिका जन्मदिनलाई सामाजिक कार्य गर्ने विशेष दिनको रुपमा मनाउँदै आइरहेका छन् ।
जन्मदिनको अवसर पारेर सुन्दर समाज नेपालको तर्फबाट माङ्गेनालाई शुभेच्छा, आर्शिवाद र शुभकामना व्यक्त गरिएको थियो । कुर्सी हस्तान्त्रण कार्यक्रममा सुन्दर समाज नेपालकी संस्थापक अध्यक्ष रुपासहित छोरी माङ्गेना, हालः संस्थाकी अध्यक्ष विन्दु (लक्की) सिटौला, गंगा ढकाल, मनु साङपाङ राई, कुसुम ढुंङ्गेल, बिमला जोशीको सहभागिता थियो ।
कुर्सी हस्तान्त्रणपछि समाजकी अध्यक्ष विन्दु (लक्की) सिटौलाले संस्थाकी पूर्व अध्यक्ष रुपालाई धन्यवादसहित छोरी माङ्गेनाको जन्मदिनको शुभकामना दिएका थिइन् । माङ्गेना दमक–१ फाल्गुनन्द चौकस्थित चुलाचुली अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
