दमक, १५ पौष–झापाको बिर्तामोडमा शनिबार सम्पन्न जिल्ला स्तरीय प्रथम बिर्तामोड मेयर कप तेक्वान्दो प्रतियोगितामा दमकबाट सहभागि खेलाडीहरुले दुई स्वर्णं पदकसहित तीन वटा पदकहरु जित्न सफल भएका छन् ।

डेल्टा तेक्वान्दो डोजाङले आयोजना गरेको सो प्रतियोगितामा दमकस्थित नेपाल सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुले विभिन्न तौलतर्फ सो पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा २८ केजीतर्फ नामलिङ लिम्बू र २५ केजीतर्फ युवाहाङ लिम्बूले स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यसैगरी, प्रतियोगितामा दमकबाट सहभागि सेमिना राईले पुम्से विद्यामा कास्य पदक जित्न सफल भएका छन् । प्रतियोगिता अन्तर्गत महिलाहरुको ४६ केजीतर्फ लाजिमा लिम्बू, ४९ केजीतर्फ महिला खेलाडीमा प्रिन्सिसेस राईले कास्य पदक जित्न सफल भएका छन् ।

प्रतियोगिताबाट पदक प्राप्त खेलाडीहरुलाई दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा संविधानसधाकी सदस्य समेत रहनुभएका नेपाल सगरमाथा तेक्वान्दो दोजाङका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, दमक सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमाल, सर्वोदय अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सिपल तथा सगरमाथा तेक्वान्दो डोजाङका उपाध्यक्ष नबीन योगी, लगायत विभिन्न डोजाङका कोचहरु सहभागि थिए ।

त्यस्तैं, स्वागत तथा सम्मान कार्यक्रममा दमकस्थित नेपाल सगरमाथा तेक्वान्दो डोजाङका कोचहरु मनु कटुवाल, प्रतिमा तामाङ, आयुष धिमाल र कपिल धिमालको समेत सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *