दमक, १८ पौष–दमक नगर इसाई समाजले आज (बुधबार) दमकमा ख्रीष्टमस तथा अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दमकस्थित थकाली किचत एण्ड वारमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा दमकका अगुवा इसाई धर्मालम्वीहरुको उपस्थिती रहेको थियो ।
समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा कार्यक्रम भएको र सो कार्यक्रममा ज्योति चर्च मण्डलीका संस्थापक तथा दमक नगर इसाई समाजका वरिष्ठ सल्लाहकार रेभ एन.डी थुलुङले प्रार्थना गर्नुभएको थियो । सो अवसरमा युवा सुलभ हस्दाले बाइबल दर्शनमा आधारित वचत राख्नुभएको थियो ।
कार्यक्रममा वाई एफ सी नेपाल कोशी प्रदेशका स्वयंसेवक किरण लिम्बू लगायतका कलाकारहरुको टोलीले गीत तथा भजन प्रस्तुत गरेका थिए । त्यस्तैं, विष्णु लिम्बूले संस्थाको बारेमा जानकारी गराएका थिइन् ।
वाई एफ सी नेपालको प्रायोजन गरेको कार्यक्रममा दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर सन्तोष रणपहेलीले स्वागत मन्तव्य ्राख्नुभएको थियो भने संस्थाका सचिव पाष्टर अजय पाठकले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा अन्तरधार्मीक शान्ती सञ्जाल झापाका अध्यक्ष एबम् दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, पूर्व सहसचिव तथा पाष्टर डिके बेघा, शिक्षासेवी पाष्टर युवराज गजमेर लगायतको उपस्थिति थियो ।
कार्यक्रममा दमकको विभिन्न स्थानबाट चर्च मण्डलीहरुका पाष्टर तथा प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले सहभागिहरुलाई धन्यवाद मन्तब्यसहित प्रार्थना गर्नुभएको थियो ।
