काठमाडौँ, १८ पौष–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आजको देशले भोगिरहेको संटकको मुल कारण भ्रष्टचार भएको दाबी गर्नु भएको छ।
अध्यक्ष नेपालले उक्त दाबी गर्नु भएको हो । उहाँले भन्नुभएको छ, ‘ती सबै किताबको सारमा त म पुगेको छैन। मेरो आफ्नो सारचाहिं के छ भनेः मूल समस्या भ्रष्टाचार हो।
भ्रष्टाचार नहटेसम्म हाम्रा क्रियाकलाप स्वच्छ भावनाबाट अघि बढ्दैनन्। योजना त बनाइन्छ, तर त्यसको कार्यान्वयनमा भन्दा पनि लाग्ने पैसा र कमिशन उठाउन मानिसहरू लागिसकेपछि त्यहाँ मुख्यगरी पैसा र कमिशनले नै तानिरहेको हुन्छ।’

