काठमाडौँ, १३ माघ–चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटवार्ता गर्नु भएको छ।

हेयान नेतृत्वको प्रतिनिधि मण्डले शनिबार अपरान्ह्र ५ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगर पुगेर पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरूसँग भेटघाट गर्नुका साथै समसामयिक विषयमा छलफल गरेको हो।

द्विपक्षिय भेटमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो राखेको थियो। भेटवार्ता सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भयो।

भेटवार्तामा एकीकृत समाजवादी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप कसिलो बनाउनको लागि पार्टी पदाधिकारीदेखि कार्यकर्ता तहसम्मको विभिन्न प्रकारका अन्तरक्रिया तथा भ्रमणहरु आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ।

अध्यक्ष नेपालले चिनियाँ विशेषताको समाजवादी विकासले विश्वमा हासिल गरेको प्रगतिले खुसी तुल्याएको बताउनु भयो। अर्को सन्दर्भमा, अध्यक्ष नेपालले ताइवान चीनको अभिन्न हिस्सा रहेको कुरामा पार्टी सधैँ स्पष्ट र दृढ रहेको प्रष्ट पार्नुभयो। साथै, विआरआईका परियोजनाहरू नेपालमा ल्याउनका लागि नेपाल सरकारले अलिकति पनि ढिलो गर्न नहुने धारणा राख्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *