इलाम, १३ माघ–इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ ।

आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४-३ गोल अन्तरले बिर्तामोड युनाइटेड झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।

बिर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टर फाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो ।

बिर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाएका छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु पाँच हजार पुरस्कार वितरण गरिएको छ ।

गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *