खोटाङ, १३ माघ—कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले लोभी नेता भएको देशमा जनता खुसी हुन नपाउने बताएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको अर्खौलेमा शनिबार आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न आएका गुरुङले नेतामा लोभ नभए मात्र देश बन्ने बताए।
‘नेता लोभी भएको देशमा जनता कहिल्यै खुसी भएको देखेको छैन,’ गुरुङले भने, ‘त्यसैले देश बनाउान राजनीति गर्नेहरु लोभबाट मुक्त हुनु पर्छ ।’ यसका लागि वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म एउटै लक्ष्य लिन आवश्यक रहेको बताए ।
राजनीतिमा लाग्नु भनेको मस्ती, रजगज गर्न नभएर जनताको भविष्य उज्यालो बनाउाने उद्देश्य भएको बताए । यसका लागि आफू सुध्रिनु पर्ने धारणा राखे ।
ुराजनीतिमा लाग्नु भनेको रजगज गर्न होइन, बालबालिकाको भविष्य उज्ज्वल बनाउानु हो, देशको मुहार उज्यालो बनाउानु हो,’ मन्त्री गुरुङले भने, ‘पहिले आफू सुध्रिनु पर्ने यो यात्रा कठिन पनि छ ।’

