पाँचगाछी (झापा), १४ माघ–झापाको शिवसताक्षी–४ पाँचगाछीका विपन्न परिवारलाई सुत्ने खाट वितरण गरिएको छ । शिवसताक्षी–४ वडा कार्यालयले वडा भित्रका ४ सय परिवारलाई सुत्ने खाट वितरण गरेको हो ।
वडाका विपन्न समुदाय जाडोमा चिसो भूईमा सुत्नु पर्ने बाध्यतालाई मध्यजनर गर्दै खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । यहाँका ४ सय परिवारलाई मिनी खाट वितरण गरिएको छ । उनले भने, वडमा अधिकांश विपन्न समुदाय बस्छन् । जसको घरमा खाट छैन, यो माघको जाडोमा भुइमा सुत्नुपर्ने बाध्यता छ ।
खाटमा १९ एमएमको प्लाइमा छोटो खुट्टा बनाई मिनी खाट तयार गरी वितरण गरेको हो । प्रसाईका अनुसार राज्यको रकम नभई विशुद्ध संघ संस्थाको सहयोगमा काम गरिएको हो ।
शिवसताक्षी-४ मा को सौर्य परियोजना झापा इनर्जी सोलर प्यालन ढुवानीका क्रममा सुरक्षाका लागि प्यानलका दुवै पट्टी लगाइएको प्लाइ सहयोग मागी खाट निर्माण गरिएको अध्यक्ष प्रसाईको भनाई छ । जसमा लाग्ने खाटको खुट्टा र मिश्री खर्च विभिन्न संघ-संस्थाको सहयोग रहेका उनले बताए ।
