काठमाडौँ, १४ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा कामगर्न सरकारलाई सुझाव दिनु भएको छ।

आइतबारबाट काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त सुझाव दिनु भएको हो। साथै अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको बताउनु भयो।

अध्यक्ष नेपालले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिनुभयो। उहाँले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो।

अध्यक्ष नेपालले मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चागमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता पैदा गर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको आरोप लगाउनु भयो।

मुलुकमा अहिले वर्तमान बाम(लोकतान्त्रिक शक्तिको सरकार सामु निश्चित दायित्वहरु भएको र खास गरी गठबन्धनमा आवद्ध दलहरुकाबीच छलफल गरेर तयार पारिएको न्युनतम साझा कार्यक्रममा समावेश गरिएका विषयहरु संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन एवं विकास गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्ने, देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत एवं संरचनागत सुधारगर्ने काममा सरकारलाई केन्द्री गराउनु पर्नेमा जोडदिनु भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *