एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको दाबी गरेका छन्।

सोमबार दोस्रो केन्द्रिय परिषद् बैठकको समापन गर्दै अध्यक्ष नेपालले विद्रोह सुरु भएको यात्रा सही बाटोमा रहेको उल्लेख गरे।

उनले एकीकृत समाजवादीलाई सडकमा पुर्याउने प्रयास भए पनि त्यो सफल नहुने दाबी गरे। उनले समाजवादीलाई सडकमा पुर्याउने माइकालाल नजन्मेको जिकिर गरे।

नेपालले परिषद बैठक समापन गर्दै भने, ‘अहिले पनि हाम्रो पार्टीलाई सडकमा फाल्ने प्रयास हुँदैछ। धर्तीमा कोही माइकलाल छैन, त्यो गर्न सक्ने। कम्युनिष्ट आन्दोलनलाई अघि बढाइएको छ। त्यसलाई अघि बढाइन्छ।’

विभिन्न देशमा चलेको कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो भने हामीले शिर निहुर्याउनुपर्ने अवस्था नरहेको नेपालले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *