दुधे (शिबसताक्षी), १६ माघ–किराँत मुन्दुम अध्ययन केन्द्र झापाको दोस्रो अधिवेशनसहित बार्षिक साधारणसभा तथा मुन्दुमी सांगीतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

शिबसताक्षी–११ दुधेस्थित संयुक्त भूपू सैनिक भवनमा मंगलबार सम्पन्न अधिवेशनले पुनः रमेश राईको अध्यक्षतामा किराँत मुन्दुध अध्ययन केन्द्र झापा जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरिएको छ ।

समितिको उपाध्यक्षद्धय प्रेम दुमी राई, कमला थुलुङ राई, सचिव आशिका राई, सहसचिव रामचन्द्र राई, कोषाध्यक्ष सन्तोष राई, सहकोषाध्यक्ष हरिचन्द्र राई रहनुभएको छ ।

त्यसैगरी, समितिको सदस्यहरुमा गंगा चाम्लिङ राई, नरमाया लिम्बू, विनोद राई, बुद्धिराज राई, गोपाल राई, टीका साङपाङ, श्याम राई, कृष्ण राई, टंकमणी राई, देवकुमार राई, उत्तम राई, रचना कुलुङ राई, हरिचन्द्र राई र एम.एस भालुमी राई रहनुभएको छ ।

किरात मुन्दुम अध्ययन केन्द्र झापाका अध्यक्ष रमेश राईको अध्यक्षतामा र मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय अध्यक्ष वरिष्ठ लोकसंस्कृतीकर्मी जीतेन राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा डाक्टर शान्तिदेबी राईले किराँत मुन्दुम, सप्लुलुङ र मुन्दुम संगीतको बारेमा आफ्नो महत्वपूर्ण बिचारहरु राख्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका किरात मुन्दुम र सुप्तुलुङ विषयमा बिद्यावारिधी गर्नुभएका डा.राईले किरात समुदायहरुबीचमा मन्दुम आवश्यक्ता र मुन्दुमको महत्व बिशिष्ट श्रेणीमा रहेको बताउनुभयो । किरात मुन्दुम अध्ययन केन्द्रकी सहसचिव डा.राईले मुन्दुम मानव जीवनको वृहत दर्शनशास्त्र भएको बताउनुहुँदैं मुन्दुम अर्थात शास्त्र ज्ञानको महासागर भएको बताउनुभयो ।

कार्यक्रमम प्रतिनिधिसभा सदस्य तथा मेची बहुमुखी क्याम्पसका पूर्व प्रध्यापक डाक्टर केआर खम्बु, किरात राई यायोक्खा झापाका सल्लाहकार सदस्य डा.प्राध्यापक डाक्टर पृथ्बीबिक्रम राई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा बाङदेल चेली, किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राई, किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय सदस्य प्राध्यापक बसन्त दुमी राई, किरात राई यायोक्खाका संस्थापक सदस्य जीतमान राई, किरात राई यायोक्खा दमक अध्यक्ष बासुदेब राई, किरात मुन्दुम अध्ययन केन्द्र मोरङ अध्यक्ष चित्रबहादुर राई, किरात याक्थुम चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फ्यिाक लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय अध्यक्ष जीतेन राईले नवगठित झापा जिल्ला कार्यसमितिका अध्यक्षसहित पदाधिकारीहरु र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *