दमक, १६ माघ–झापाको कमल गाउँपालिका ५ गेउरियामा निर्माणाधिन आदिवासी रंगशालाको निर्माणका लागि मंगलवार राष्ट्रिय खेलकुद परिगषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसंग संझौता गर्दें रंगशालाका अध्यक्ष समेत पालिका अध्यक्ष हुकुमसिंह राई ।
संझौता अनुसार यहि माघ १८ गतेदेखि रंगशालाको निर्माण शुरु भई आगामी असार २ गते आयोजना सम्पन्न हुने उल्लेख छ । रंगशाला निर्माणका लागि संघीय सरकारले यसवर्ष रु १ करोड बिनियोजन गरेको छ ।
