इटहरी, १७ माघ–सुनसरीमा बुबाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले इनरुवा नगरपालिका–८ का ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको हो ।

उनले घरायसी लेनदेनमा विवाद हुँदा गत माघ ११ गते बुवालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको थियो ।।मृत्युपछि उनका छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *