बिर्तामोड, ९ फागुन–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले ‘कम्युनिष्ट घोषणापत्रको १७६ वर्ष’ विषयक गोष्ठि सम्पन्न गरेको छ।

बुधबार झापाका अध्यक्ष वेदराज रेग्मीको अध्यक्षता एवं पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न गोष्ठिका वक्ताहरूले घोषणापत्रको सान्दर्भिकता उत्तिकै रहेकोमा जोड दिनु भएको छ।

सम्मानित नेता खनालले घोषणापत्र आज पनि सान्दर्भीक रहेको बताउँदै घोषणापत्रले भनेको वैज्ञानिक समाजवाद नेपाली कम्युनिष्ट आन्दोलनको आजको कार्यदीशा भएको बताउनु भयो।

उहाँले भन्नुभयो ‘अबको नेपालको कम्युनिष्ट आन्दोलन समाजवादी कार्यदिशाकै जगमा हामीले एकतावद्ध गर्नु पर्नेछ। हामी महाधिवेशननमा चारवटा दस्तावेज ल्याउँदैछौं। कार्यक्रमिक दस्तावेज, राजनीतिक दस्तावेज, संगठनिक दस्तावेज र पार्टीको विधान।जसले हाम्रो पार्टीको आगामी आकार प्रष्ट पार्नेछ।’

नेता खनालले झापामा पार्टीको पुनर्जागरण आवश्यक रहेको र ठीक विचारमा उभिएर कम्युनिस्ट आन्दोलन एकगर्ने दायित्व एकीकृत समाजवादीको बताउनु भयो। उहाँले आसन्न महाधिवेशनले ठिक कार्यदिशा बनाउने काममा लाग्न सबैलाई आह्वान गर्नुभयो।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमिरेले कम्युनिष्ट घोषणापत्रकै कारण कम्युनिष्टलाई जीवित छन् भनेर सन्देश दिइरहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘आज १७६ वर्ष अगाडि २१ फेब्रुअरी १८४८ मा प्रकाशीत घोषणापत्र पढेर आजको पूँजिवादी दुनियाँमा क्रान्तिकारीहरू जिवित छन् भन्ने सन्देश दिन खोज्दैछौं। आज पनि समाजवादसॅंग पूँजिवादीहरू सबैभन्दा धेरै डराएका छन्।।’

उहाँले अगाडि भन्नुभयो, ‘⁠संसारमा र नेपालमासमेत र कतिपय अवस्थामा कम्युनिस्ट आन्दोलनमै बढेको दक्षिणपन्थलाई रोक्नका लागि समेत रेड बुक्स डे मनाउन आज देशभित्र बाहिर विविध कार्यक्रम सञ्चालन भैरहेका छन्। आजका दिनमा पनि पूँजिवादसॅंग लड्न घोषणापत्रले दिशाबोध गरिरहेको छ।’

कार्यक्रममा केन्द्रीय सदस्यहरू धर्मराज पौडेल, खिनु लङ्ग्वा, नीलमणी बराल, चन्द्रा श्रेष्ठ सहित झापाका अगुवा नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो। विपि भट्टराईले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *