विराटनगर, ९ फागुन–कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच आज भएको वार्तामा तीनबुँदे सहमति भएको छ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा आज ९बुधवार० वार्ता भएको हो। दुवै पक्षको वार्ता टोलीले तीनबुँदे सहमति गरेका हुन्।

प्रदेशको पुनस्नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत गरेका थिए।

सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनका क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण तथा घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरि पेश गर्न सरकारका तर्फबाट २ जना र आन्दोलनरत पक्षका तर्फबाट २ जना रहने गरि एउटा कार्यदल गठन गर्ने सहमति भएको छ।

यसअघिको वार्तामा पाँचबुँदे सहमति भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *