केपी ओली

काठमाडौं, ११ फागुन–आजदेखि केपी ओली कप फुटबल सुरु हुँदैछ। राष्ट्रिय युवासङ्घ नेपालको आयोजना गर्न लागेको फुटबलको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्नेछन्। उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहनेछन्।

उद्घाटन समारोहमा कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति दिनेछन्। खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन्।

नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउनेछन्।

उक्त समारोहमा उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ।

विजेता टोलीले ११ लाख पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०र५० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *