काठमाडौं, ११ फागुन–नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बिहीबार बसको सचिवालय बैठकले प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला वा पार्टी नै सरकारबाट बाहिरिने विषयमा कदम चाल्ने निर्णय गरेको छ। प्रतिवेदन पूरै नहेरी ज्वालाबारे निर्णय गर्न नहुने निषकर्षमा पुगेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको विषयमा छानबिन समितिले मन्त्री ज्वालालाई पनि दोषी देखाएको थियो। दोषी देखिँदा पनि राजीनामा नआएको भन्दै उनको र प्रधानमन्त्री पुष्पकमल दाहालको चौतर्फी आलोचना भइरहेको छ।

बिहीबार बसेको संसद् बैठकमा पनि सांसदले ज्वाला र दाहालको आलोचना गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *