मोरङ, ११ फागुन–मोरङको बुढिगंगा गाउँपालिका–४ नेमुवामा सवारी दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । शुक्रवार ९आज० बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुरतर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिएर सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्‍याउदा घर भित्र रहेका तीन जना बालबालिकाको मृत्यु भएको हो ।

दुर्घटनमा स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया इसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाइते भएका थिए । घाइतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का घाइते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भइरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको जनाइएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *