पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, ११ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको समुद्घाटन गर्नु भएको छ।

बिहिबार सम्मानित नेता खनालले दान गर्नु भएको ५६ रोपनी जग्गामा स्थापना गरिएको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको समुद्घाटन गर्नु भएको हो।

सम्मानित नेता खनालको नीजि सचिवालयकाअनुसार उक्त शिक्षालय खनाल प्रधानमन्त्री हुँदा राष्ट्रिय बजेटमा पार्नुभएको राष्ट्रिय गौरवको आयोजना हो।

नेता खनालले २०६९ माघ १८ गते शिलान्यास गर्नुभएको थियो। नीजि सचिवालयले भनेको छ,‘आजसम्म आइपुग्दा यसको सम्पूर्ण भौतिक संरचना निर्माण भइसकेर देशभरबाट पाँच सय जना प्राविधिक विद्यार्थीहरू भर्ना भई पढ्ने वातावरण मिलेको छ।ु

नीजि सचिवालयले अगाडि भनेको छ,‘यसको भौतिक संरचना पूर्ण रुपमा सम्पन्न भएको छ। यो इलाम जिल्लाको मात्र होइन सिंगो नेपालको सम्पदा बन्न पुगेको छ। वहाँ प्रधानमन्त्री हुँदा इलाम जिल्लाको लागि गर्नुभएको महत्वपूर्ण र दीर्घकालीन महत्वको योजना सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली जनताको हितका लागि आफ्नो नाममा भएको जग्गा दान दिएर नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा पढ्नको लागि सहयोग र उत्प्रेरणा मिल्ने गर्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *