दमक, ११ फागुन–झापाको दमक–९ मा सार्वजनिक किरियापुत्री घर निर्माणमा सहयोग जुटाउने उद्देश्यले बिहिवारदेखि मार्कन्डेय महापुराण शुरु भएको छ । सर्वेश्वर शिव पान्चायन मन्दिर ब्यवस्थापन समितिको आयोजनामा सो महापुराण आयोजना गरिएको हो ।

सो मन्दिरको स्वामित्वमा रहने गरि स्थानीय दाता यज्ञनिधि चौलागाईंले दान दिएको करिब २५ लाख मूल्य बराबरको जमिनमा सर्वसाधारणले आवश्यक परेको अवस्थामा हिन्दु सस्कार अनुसारको दशगात्रादी कर्म गर्न मिल्ने गरिको आवास निर्माण गरिने जनाइएको छ ।

सो घर निर्माणका लागि प्रारम्भिक चरणमा वडाको सिलिङ बजेटबाट ५ लाख रुपैयाँ उपलब्ध गराइएको वडाध्यक्ष्य कुबेर भट्टराईले जानकारी दिए । महापुराण उदघाटनको अवसरमा शुभकामना मन्तव्य दिदै उनले वडाले सो योजनामा थप बजेट खर्चिने इच्छा रहेको पनि जानकारी गराए ।

उदघाट्न कार्यक्रममा १००८ पन्डीत आचार्य गोपाल घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

आयोजक समितिका अध्यक्ष थान बहादुर दाहालको सभापतित्वमा भएको उदघाट्न कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका पुर्व अध्यक्ष दाता चौलागाईंले पुराण आयोजनाको उद्देश्य र औचित्यबारे प्रस्ट्याएका थिए । त्यस अघि स्थानीय महिला तथा भक्तजनहरुको समूहले कलश यात्रा समेत निकालेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *