चारपाने (झापा), १२ फागुन–झापाको बिर्तामोडमा शनिबार एक भब्य समारोहबीच स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।

चार बुँदे सहमतिसहित माओवादीमा विद्रोह गर्दै माओबादी प्रदेश कमिटी सदस्य बासु दुलालको नेतृत्वमा बनेको मोर्चा बिर्तामोड औपचारिक रूपमा एकीकृत समाजवादीमा समाहित भएको हो ।

नेपा (एकीकृत समाजवादी) मा समाहित हुनेमा संयोजक दुलाल, सदस्य गोपी अधिकारी, नन्दीकेशर पोखरेल, प्रकाश भारती, सुदिप खवास, डा। मुरलीप्रसाद साह, इन्दु खवास कट्टेललगायत रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मीका अनुसार पार्टीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्यदलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको रेग्मीले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *