शिबगञ्ज, १२ फागुन–झापा शिवसताक्षी–५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ ।

आज एक कार्यक्रमकाबीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात कनकाई भगवतीको प्राण प्रतिष्ठा गरिएको थियो ।

‘नगरमा सताक्षीधाम, चिल्लागढ, माइधाम, दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोमा अब भेलामुनी धार्मिक तथा पर्र्यटकीय क्षेत्र थपिएको छ’, उनले भने, ‘नगरको तल्लो भेगका बासिन्दाको आस्थाको केन्द्रको रुपमा वडाले कनकाई माईको तटलाई एउटा धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर राम्रो काम गरेको छ । यसलाई शिवसताक्षी नगरपालिकाले थप संरचना निर्माणको लागि सहयोग गर्नेछ ।’

वडा कार्यालयले गत आर्थिक वर्षमा विनियोजन गरेको रु ९ लाखले कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको हो । चालु आवमा क्षेत्रको थप विकासका लागि वडाले २० लाख बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा ७ दिनसम्म पुरानो कृष्ण लीलाको धार्मिक नाच प्रस्तुत गरिने भएको छ । बाह्रदशीको करिब ५० जनाको टोलीले तीन÷चार दिनसम्म कृष्ण लीला नाच प्रस्तुत हुने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *