बिर्तामोड, १२ फागुन–झापाको बिर्तामोडमा राजवंशी समुदायका विश्व महावीर वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को ५१४औं जलमदिवस मनाइएको छ ।राजवंशी बिकास समिति झापाको आयोजना तथा बिर्तामोड नगर समितिको सह–आयोजनामा बिर्तामोडमा शनिवार वीर पुरुष चिल्हारायरको जन्मजयन्ती मनाइएको हो ।
समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले विश्व महावीर वीर पुरुष चिल्हारायर ९सुक्लध्वज० को चर्चा गरेका थिए ।
कार्यक्रममा गौरादह नगर उपप्रमुख जलबर्षा राजवंशी, समितिका केन्द्रिय सचिव लखनलाल राजवंशी, राजवंशी जाती उत्थान केन्द्रका अध्यक्ष खकेन राजवंशी, कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, समितिका बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजबंशीलगायतको आतिथ्य रहेको थियो ।
स्वागत झापा उपाध्यक्ष मेनुका राजवंशीले गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सचिव बालकृष्ण राजवंशीले गरेका थिए ।
