धरमपुर, १२ फागुन–झापाको शिवसताक्षी–१० स्थित दोमुखामा बनभोज खाएर दमकतर्फ फर्किने क्रममा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कमल गाउँपालिका, दमक र उर्लावारी नगरपालिका अन्तर्गत रहेको निजि अस्पतालका स्वास्थ्यकर्मीहरू भोनभोज खाएर फर्कने क्रममा आज (शनिवार) सवारी दुर्घटना भएको थियो ।

दमकतर्फ जाँदै गरेको को १ ख ६३०५ नं को बसमा शिवसताक्षी–१० किरात चौकस्थित पुर्वपश्चिम राजमार्गमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते हुनेहरुमा मोरङ उर्लावारी–६ का ४६ बर्षिय ताराप्रसाद अधिकारी, उनकी श्रीमती –४३ बर्षिया उमा खनाल, सोही स्थानका ५५ बर्षिय बहादुर चौधरी उनकी श्रीमती ५३ बर्षिय पबित्रा लामिछाने, उर्लाबारी–४ की ३६ बर्षिया बन्दना प्रसाई, सोही स्थानका २५ बर्षिय महेशनाथ र उर्लाबारी–६ की ३० बर्षिया कल्पना कडेल छन् । उनीहरुको अवस्था सामान्य रहेको र अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

स्थानियले तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराउन साथ प्रहरी टोली घटना स्थालमा पुगेको थियो । बसमा सवार ३०÷३५ जना मध्ये ७ जना सामान्य घाईतेहरुलाई उद्धार गरी उपचारको लागि अस्पतालतर्फ पठाईएको थियो ।

बस घटनास्थलमै रहेको र उठाउने पहल भईरहेको साथै बस चालक मोरङको उर्लावारी–५ का ४१ बर्षिय चन्द्रकुमार फुयाल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *