काठमाडौं, १३ फागुन–सरकारले आज (फागुन १३ गते) देखि दादुरा(रुवेलाविरुद्धको खोप अभियान सञ्चालन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार दादुरा-रुवेलाको जोखिम रहेको ५१ वटा जिल्लामा खोप अभियान संचालन गरेको हो।

देशभरका ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको समेत खोप शाखा प्रमुख डा गौतमले बताए।

उक्त खोप अभियानको लागि खोपको अन्तर्राष्ट्रिय साहायता संस्था गावीको सहयोगमा झन्डै एक अर्ब ३५ करोडको सरकारले ६३ लाख मात्रा खोप नेपाल ल्याएर सबै प्रदेशहरूबाट वितरण गरी सकेको छ।

उपत्यकासहित २१ जिल्लामा खोप अभियान

खोप शाखा प्रखु डा गौतमका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला ९ललितपुर,भक्तपुर र काठमाडौं० सहित तराइका भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्लामा ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो। यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।

“दादुरा(रुबेलाको अति जोखिम देखिएका यी जिल्लाहरुमा हामीले ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई नै खोप लगाउने छौँ किनभने केही समय यता यी २४ जिल्लाहरुमा दादुरा संक्रमण फैलिएको छ थियो, अन्य जाजरकोट र रुकुम पश्चिम बाहेयकका जिल्लाहरुमा भने ५ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने कार्यतालिका छ, जाजरकोट र रुकुम पश्चिममा भने खोप अभियान सम्पन्न भइसकेको छ’डा गौतमले भने।

यसअघि नियमित खोपअन्तर्गत दादुरा –रुबेलाको खोप लगाएकाहरुले पनि यो खोप लगाउनुपर्ने उनको भनाइ छ। सरकारले सन् २०२६ सम्म दादुरा रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो।

दादुरा –रुबेलाको खोप अभियानको लागि सरकारले देशभर ५० हजार स्वयमसेवक,३० हजार स्वास्थ्यकर्मी र ४० हजार खोप केन्द्र तोकिएको समेत खोप शाखा अभियान डा गौतमले बताए।

फरक उमेरका बालबालिकालाई यो खोप

गत एक वर्षको अवधिमा नेपाल देखिएका दादुरा देखिएका जिल्लाहरूमा जिल्लाहरूका १५ हुँदा ९ महिना हो भने बाँकी दिइनेछ। यसअघि दादुरा देखिएको ठाउँहरुमा

फैलिएको दादुरा रोगको महामारीमा विश्लेषण गर्दा तराई र काठमाडौ उपत्यकाका धेरैजसो १५ वर्षमुनिका बालबालिकामा दादुरा देखिए‌को थियो। त्यसैले यी वर्ष मुनिका बालिका यो रोगबाट बढी जोखिममा रहेको देखिएको देखिएकाले १५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिने नीति लिइए‌को र अन्य जिल्लामा पनि जोखिम नहोस् भनेर ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइन्छ।

यो खोप लगाएपछि कुनै असर त हुँदैनरु

नेपालमा विगत ३५ वर्षदेखि दादुरा खोप र ११ वर्षदेखि दादुरा रुवेला खोप नीतिमार्फत १५ महिना सम्मका बालबालिकालाई दिइँदै आएको छ । हालसम्म कुनै पनि व्यक्तिमा गम्भीर प्रकारको असर देखिएको छैन।

तर, यो खोप लगाए‌को केही समयपछि कुनै कुनै व्यक्तिमा हल्का ज्वरो आउने, शरीरमा दादुराको जस्तै बिमिराहरू आउने जस्ता सामान्य असरहरू देखिन सक्छन्। यस प्रकारका असरहरू केही दिनपछि आफैँ ठिक हुँदै जाने खोप शाखा प्रमुख डा गौतमले बताए।

उनले भने, ‘यो खोप बालबालिकाहरूले नियमित रूपमा लगाउँदै आएका खोपहरु हुन यसको असर हाम्रोमा एकदमै न्यून छ तर पनि जोखिम आइहाले उपचार गर्न भनेर हामीले हरेक जिल्लामा एक टिम गठन गरेका छौँ अर्कोतर्फ खोप लगाएर खोप केन्द्रमै आधा घन्टा जति बालबालिकालाई राख्न स्वास्वास्थ्यकर्मीहरूलाई भनेका छौँ, तर डराउनु पर्दैन खोपको खासै असर आजसम्म देखिएको छैन।’

तर यसअघि पहिलोपटक दादुरा(रुबेला खोप लगाउँदा गम्भीर प्रकारको एलर्जी ९एनाफाइलाक्सिस्० देखिएको थियो भने स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ। त्यस्तै एचआभीको लक्षण देखिएका रोग प्रतिरोधात्मक शक्ति कम गराउने बिरामी भए‌को बेलामा, उपचार सुरु नगरेका क्षयरोगको बिरामीको सकभर लगाउनु हुँदैन।

यस्तै, यो अभियानमा यसअघि बालबालिकाले नियमित खोपअन्तर्गत लगाउन छुटेको २ वर्षमुनिका डिपिटी, हेप बी(हेब (भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, निमोनिया हेपाटाइटिस बी जस्ता रोगबाट बचाउने खोप, पिमिभी खोप) निमोनिया विरुद्धको० र आइपिभी (पोलियोबाट बचाउने खोप) को छुट मात्रा खोप लगाइन्छ।

नियमित खोप सेवा लिने बेलामा पनि एकैदिन एकभन्दा बढी खोपहरू लगाइन्छ। यसबाट बालबालिकालाई कुनै असर हुँदैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *