काठमाडौं, १४ फागुन–काराबाओ कपको उपाधि लिभरपुलले जितेको छ।​ लण्डन क्लब चेल्सीलाई १–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो।

लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको खेल सकिन दुई मिनेट अघि डाइकले लिभरपुलका लागि विजयी गोल गरे। उनले हेडमार्फत गोल गरेका हुन्। निर्धारित समयको खेलमा लिभरपुललाई दबाबमा राखे पनि चेल्सीले गोल गर्न सकेन। उसका केही प्रहार पोस्टमा लागेर फर्किएका थिए।

खेलको सुरुवातमै लिभरपुलको अग्रताको अवसर गुमाएको थियो। डाइककै हेडमार्फत गरेको गोललाई रेफ्रीले भारमार्फत अफ साइड दिएका थिए।​

वेम्बलीमा चेल्सीविरुद्ध खेलिएका तीन वटै फाइनलमा यस सिजन लिभरपुलले उपाधि जितेको गरेको छ। यसअघिका दुई फाइनल पेनाल्टी सुटआउटमा जिते पनि लिभरपुलले काराबाओ कपको उपाधि अतिरिक्त समयमै हासिल गर्न सफल रह्यो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *