गोविन ल्वागुन शिबगञ्ज (शिवसताक्षी), १६ फागुन–नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ४ अन्तरगत शिवसताक्षी नगर कमिटीको आज अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । शिवसताक्षी नगर कमिटीको व्यवस्थापनमा बुधबार शिबगन्जमा नगर स्तरको अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो ।
शिवसताक्षी नगर कमिटी अध्यक्ष नबिन इजमको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा संगठन स्ढृढिकरण अभियान झापा क्षेत्र नम्बर ४ प्रमुख अशेस घिमिरेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर देशव्यापी सञ्चालनमा आएको संगठन सुढृढिकरण अभियानका कार्यक्रम अन्तरगत नगर स्तरको भेला र बैठकहरु आयोजना गरिएको हो ।
नगर स्तरीय बैठकमा पार्टी सदस्यता विस्तार र नबीकरणका कार्यलाई तीब्र गतिमा अघि बढाउने छलफल भएको छ ।
त्यसैगरी, वडा कमिटी, नगर–गाउँपालिका कमिटी, प्रदेश क्षेत्र कमिटी, निर्वाचन क्षेत्र कमिटी, जिल्ला कमिटीसहित विभिन्न जनबर्गिय संघसंगटनहरुको गठन तथा पूर्नःगठनका कार्यलाई चैतसम्म सम्पन्न गर्न पाटीका जिल्ला अध्यक्ष बेदराज रेग्मिले उपस्थित सबैलाइ आग्रह गरे ।
बैठकमा क्षेत्र नं ४ अन्तरगत शिवसताक्षी नगरपालीका स्तरीय प्रतिनिधित्व गर्दै पार्टी संगठनको पछिल्लो अवस्था, हालसम्म भएको प्रगती, गरिआएका गतिविधी र त्यहाँ देखिएका समस्या लगायतका बारेमा सहभागिहरुले आ–आफ्ना बिचारहरु राखेका थिए ।
यसरी बिचार राख्नेहरुमा नगर अध्यक्ष नबिन इजम, सचिब शन्तिराम न्यौपाने, एकीकृत आदिबासी जनजाति महासङ केन्द्रिय सहसचिब तथा शिबगञ्जका युवा नेता सन्तोष इजम लगायत थिए ।
बैठकबीच पार्टीका केन्द्रीय सदस्य तथा स्कुल बिभाग सचिब हाल क्षेत्र नम्बर ४ का अभियानता अशेस घिमिरेले दुई महिने संगठन सुढृढिकरण अभियानलाई पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरिएको बताए ।
नेता घिमिरेको अनुसार यो महाधिवेशन केन्द्रीत भएपनि खासगरी पार्टीको संगठन क्रियाकलापमा यसखाले अभियान वा कार्यक्रमले केन्द्रीय नेतृत्वलाई ग्रामिण स्तरसम्म आएर जनताका गुनासाहरु सुन्ने र बुझ्ने अवसर समेत भएको बताए ।
संगठन सुढृढिकरण अभियानकै क्रममा क्षेत्र ४ अन्तरगत शिवसताक्षी नगरपालिकाले फागुन १९ गते शनिबार वृहत भेलाको आयोजना गरि बिभिन्न जनबर्गिय संगठन बिस्तार गर्ने बताइएको छ् ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी कार्यालय सदस्य तथा पूर्व जिल्ला कमिटी सचिव बिपी भट्टराई, समाजवादी प्रेस संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, नगर कमिटीका उपाध्क्ष समेत रहनुभएका शिबगञ्ज बजार व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ गुरागाई लगायत नगर कमिटीका पदाधिकारीहरु, नगर कमिटीका सदस्यहरुको उपस्थिती थियो । कार्यक्रमको सन्चालन जिल्ला कमिटी झापाका नेता सोमनाथ गुरागाईले गरेका थिए ।
