धरमपुर, १६ फागुन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको स्कुल बस खरिदको लागि हङकङमा कार्यरत बुद्दीराज सेर्मा, (चापेता) को पहलमा ८० हजार रुपैया सहयोग प्राप्त भएको छ ।

लामो समयदेखि हङकङमा वसोबास गर्दै आइरहनुभएका बुद्धिराजले यतिका रकम विद्यालयलाई स्कुल वस खरिदका लागि पठाउनु भएको हो ।

सामजिक कर्यमा निक्कै सक्रिय चपेताले यसअघिनै स्कुल बस खरिदको लगि व्याक्तिगत तर्फबाट रु ५१ हजार १ सय ५१ र निजको भाई अमर सेर्माको स्मृतिमा अक्षयकोष स्थापनाको लागि ५१ हजार सहयोग पठाइ सक्नु भएको बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिनुभयो ।

त्यसैगरी, बुद्धिराजको पहलमा सङ्कलित हङकङमा कार्तरत नेपाली दाताहरु क्रमशः
(१) श्री मणि सेर्मा (डाइमण्ड) रु १० हजार
(२) श्री शान्ता सेर्मा (नुमा) रु १० हजार
(३) श्री यादन सेर्मा (नुनाम) रु १०, हजार
(४) श्री देबेन्द्र कुमार सेर्मा (सिक्साम) रु १० हजार
(५) श्री भवानी सेर्मा रु १० हजार
(६) श्री खिल बहादुर सेर्मा रु १० हजार
(७) श्री भुपेन्द्र चेम्जोङ (मिराक) रु १० हजार
(८) श्री भिम नेम्बाङ (झापाली) रु १० हजार

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ल्वागुनका अनुसार बुद्धिराजसहित हङकङमा कार्यरत सहयोगी दाताहरुको यो सहयोग रकमसंगै स्कुल वस खरिदको लगि रु १२ लाख बढी आर्थिक सहयोग रकम सङ्कलन भएको छ ।

यता, बालसेवा आधारभूत विद्यालयले यहि फागुन २४ गते ५०औं स्थापना वर्षको अवसरमा स्वर्णमहोत्सव गर्ने भएको छ । सो महोत्सवको तयारी तीब्र गतिमा भइरहेको र सो अवसरमा विद्यालयका जग्गादाता, भवन निर्माणमा सहयोगीहरु, अक्षयकोष निर्माणकर्ताहरु, व्यवस्थापन समितिका पूर्वअध्यक्षहरुसहित व्यवस्थापन समिति सदस्यहरु, पूर्व विद्यार्थीहरु सम्मान, विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु सम्मान लगायतका कार्यक्रमहरु हुने अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *