बिर्तामोड, १८ फागुन–झापामा फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने अर्ना झापा गोल्डकपको छैटौं संस्करणका सम्पूर्ण तयारी भएको छ । आयोजक झापा गोल्डकपले शुक्रवार खेल मैदान डोमालाल रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी तयारीको बिषयमा जानकारी दिएको छ ।

भोली शनिवार हुने उद्घाटन खेल संकटा कफुटवल क्लब र एपिएफ कफुटवल क्लबबिच हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सोही अवसरमा झापा गोल्डकपको वेवसाइटसमेत सार्वजनिक गरिएको थियो ।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले गोल्डकप झापाको शान तथा गौरव भएकाले सवैलाई साथ र सहयोगका लागि अपिल गरेका छन् ।

पत्रकार सम्मेलनकै क्रममा नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष बस्नेतले पत्रकार महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड कप सफल बनाउन सञ्चार क्षेत्रबाट थप हौसला र उर्जा प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

स्वागत गोल्डकपका बरिष्ड उपाध्यक्षले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष सुवास भट्टराई, महासचिव गजेन्द्रबहादुर पौडेल, कोषाध्यक्ष केदार गिरी, झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा), बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए । गोल्डपमा मुलुकका चर्चित १० टिमको सहभागीता हुनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *