दमक, १८ फागुन–झापाको दमक नगरपालिका वडा नम्बर १० ले शुक्रबार साना कृषि उपकरण बितरण गरेको छ ।

वडा कार्यालय दमक १० ले आफ्नो वडाका ३६ वटै टोल विकास संस्था र कृषि फार्मलाई लक्षित गरि कृषि प्रयोजनका साना उपकरण बितरण गर्न शुरु गरेको वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

वडाले प्रत्येक टोलबिकास सस्थालाई लक्षित गरि प्रति टोल बिकास मार्फत २ थान सुधारिएको फलामको हलो र १ थान युरिया लगाउन प्रयोग हुने ट्याङ्की ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।

वडाले यस बर्ष ७२ थान सुधारिएको हलो र ३६ थान युरिया लगाउने ट्याङकी बितरण गर्न लागेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

कृषि कार्यलाई सहज बनाउदै उत्पादनमा बढुवा दिन कृषकलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि उपकरण बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यालयले गत बर्ष पनि १८ थान मकै छोडाउने मेशिन र ३० थान रिचार्ज गर्न मिल्ने स्प्रेटयाङकी बितरण गरेको जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *