काठमाडौं, १९ फागुन–जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा शुरु हुनेछ। उद्घाटन खेलमा शुक्रबार भारतले भुटानमाथि ७-० को जित निकालेको थियो।

साफ यू–१६ महिला फुटबलमा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभगिता जनाएका छन्। राउण्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *