बिर्तामोड, १९ फागुन–नेकपा (एकीकृत समाजवादी) बिर्तामोड नगर कमिटीलाई आज पुनःगठन गरिएको छ । बिर्तामोडमा शनिबार सम्पन्न नगर कमिटीको विस्तारित बैठकमा पुनःश्रीप्रसाद सिटौलाको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी पूनःगठन गरिएको हो ।

कमिटीको उपाध्यक्षत्रयमा कमल भट्टराई, लीला बराल, पञ्चिका बुढाथोकी, सचिवमा कृष्ण बिष्ट र उपसचिवमा भीम बराइली रहनुभएको छ । त्यस्तैं, कमिटीको सदस्यहरुमा जोगेश्वर राजवंशी, मिना शार्की, बिन्दा भट्टराई, देबराज बराल, चन्दन राजवंशी, प्रमोदजंग थापा, लवराज सिलवाल, थीरबहादुर राजवंशी, दिनेश ल्वागुन, राजन दास, गोविन्द बास्तोला, किशोर संग्रौला, चन्द्रप्रसाद राजवंशी, इन्द्र खबास, तारा दुलाल, हर्कबहादुर कुवँर, गोपाल ल्वागुन, ओम रेग्मी, भीम लिङ्देन, देबी लिङ्देन, अनिता खत्री, मेशो भाल पहाडिया, कुमार शिवाकोटी, श्याम मैनाली, बालकृष्ण आले, बिनोद गदाइली, लक्ष्मी निरौला, राधिका लोहार, दधिराम सिटौला, घनश्याम बराल, यशोदा निरौला छन् ।

नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गरी सञ्चालन गरेको दुई महिने संगठन सुढृढिकरण अभियान अन्तर्गत बिर्तामोड नगर कमिटीले नगर स्तरीय भेला आयोजना गरिएको नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

श्रीप्रसाद सिटौलाको अध्यक्षता र केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज निलमणी बरालको प्रमुख आतिथ्यतामा बिर्तामोड नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको हो ।

बैठकले बिर्तामोड नगरको १० वटा वडा कमिटीहरु गठन तथा पुनःगठन, जनसंगठनलाई चलयामान, गतिशिल बनाउने, सदस्यता नबिकरण र विस्तारका कार्यलाई तीब्र बनाउने निर्णय भएको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

त्यस्तैं, हालैः नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको गणतान्त्रिक समाजवादी मोर्चाका तहगत जिम्मेवार नेतृत्वलाई पाटी नगर कमिटीमा जिम्मेवारी दिने निर्णय समेत भएको छ । वडा कमिटीमा पार्टी जिल्ला कमिटीका नेतृत्वलाई जिम्मेवारी प्रदान गरिने र संगठन सुढृढिकरण अभियानमा परिचालन गर्ने र नगर कमिटीले वडादेखि टोलस्तरीय रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने बैठकमा निर्णय भएको अध्यक्ष सिटौलाले जानकारी दिनुभएको छ ।

बैठकमा युवा संघ नेपाल केन्द्ीय सचिव तथा पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य प्रत्युष राना, डा.मुरली शाह, डा.बासु दुलाल लगायतले पार्टीको संगठन सुढृढिकरण अभियानका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रमका प्रमुख अतिथी तथा पार्टीका केन्द्रीय सदस्य बरालले पार्टी र जनसंगठनलाई पुनःगठनका कार्यभारलाई केन्द्रीय कमिटीको निर्देशन अनुसार र जिल्ला कमिटीले निर्धारण गरेको कामलाई पुरा गरिनुपर्नेमा जोड दिनुभयो । वहाँले पार्टीका जिम्मेवार नेतृत्वहरु आ–आफ्नो क्षेत्रमा डटेर लाग्नु आग्रह गर्नुभयो ।

नगर कमिटी सचिव कृष्ण बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य नगर सदस्य गोविन्द बास्तोलाले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *