बिर्तामोड, २१ फागुन–सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–४ गोल अन्तरले हराउँदै एपिएफ विजयी भएको हो । आजको खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे ।

एपिएफले यसअघि पनि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् ।

छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *