कृष्णप्रसाद सिटौला

काठमाडौं, २६ फागुन–नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित २०७४० को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई दलको नेता मनोनयन गरेका देउवाका निजी सचिव केशवराज जोशीले बताए ।

माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए ।

उनलाई राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा भए पनि माओवादीसँग गठबन्धन टुटेपछि त्यो सम्भावना लगभग सकिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *