झापा, २६ फागुन–सरकारले झापाका पाँच जनालाई शहिद घोषणा गरेको छ । फागुन २४ गते मन्त्री परिषदले दुई हजार छ सय ७४ जनालाई शहिद घोषणा गरेपछि गृह मन्त्रालयले उनीहरुको नाम राजपत्रमा प्रकाशित गरेको हो । उक्त सूचीमा पाँच जना झापालीको नाम सूचीकृत रहेको छ ।

विसं। २०२८ जेठ २ गते सहात प्राप्त गरेका मेचीनगर–१५ का कर्णबहादुर गौतम, २०६१ साउन १२ गते सहादत प्राप्त गरेका शिवसताक्षी–१ धरमपुरका गणेश ढकाल र राजन चेम्जोङ, २०६२ माघ ११ गते सहादत प्राप्त गरेका दमक–७ का राजेन्द्र पोखरेल र २०६२ माघ १७ गते सहादत प्राप्त गरेका झापा गाउँपालिका–७ का बिमला पाठकलाई सरकारले शहिद घोषणा गरेको हो ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै सरकारले शहिद घोषणा गरेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *