बिराटनगर, २६ फागुन–नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले बिराटनगर महानगर कमिटी गठन गरेको छ।

शनिबार आयोजित महिला नेताहरूको भेलाले बिमला तिम्सिनाको अध्यक्षता २५ सदस्यीय कमिटी गठन गरेको छ।

उक्त कमिटीको उपाध्यक्षमा राधिका नेपाल र मंजु पौडेल (लक्ष्मी), सचिवमा कमला भट्टराई, उपसचिवमा गंगा पोखरेल र निर्मला राम, कोषाध्यक्षमा टीका सिवाकोटी रहनु भएको छ।

नवनिर्वाचित कमिटीलाई नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य महेश रेग्मी, अनेमसंघ (समाजवादी) का केन्द्रीय सदस्य मिरा दाहाल (हिरा), नेकपा एकीकृत समाजवादी) बिराटनगर महानगर अध्यक्ष वीरेन्द्र यादवलगायतले बधाई तथा शुभकामना दिनु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *