रामकुमारी झाँक्री

काठमाडौँ, २६ फागुन–नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताउनु भएको छ।

शनिबार काठमाडौँमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तव्य’ नामक कार्यक्रममा उहाँले ठूलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर खराब भाष्य खडा गर्न खोजिएको बताउनु भएको हो।

उहाँले भन्नुभयो,‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन। व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले खराब भाष्य खडा गरिँदैछ। यो एकदमै गलत छ। महिलाको अधिकारलाई अक्षुण्ण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यही भनेको होरु आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमा भित्र राख्नुपर्छ कि पर्दैनरु अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौँ।’

उहाँले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धि प्राप्त भएको बताउनु भयो। देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरेर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हाबी भएको सचव झाँक्रीको भनाई छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *