धरमपुर, २९ फागुन–झापाको शिवसताक्षी नगरको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र धरमपुरस्थित समृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ ।

शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने १ हजार १० मिटर सडक कालो पत्रे भएको हो ।

व्याङ्गडाँडा–माइधार सडक नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा १ करोड ७१ लाख ७१ हजार ७३१ रुपैयाको लागतमा निर्माण गरिएकोे हो ।

त्यस्तै नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा दक्षिण रिङ्गरोड अन्तर्गत धरमपुरस्थित समृद्धि चौक दक्षिण चर्चाबारी–किरात वस्ती सडक ९४ लाख २० हजार ३०९ रुपैया लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

रिङ्गरोड सडमा पर्ने ५३ वटा ठूलासाना पूल, कल्भर्ड भने यस अघि नै निर्माण भइसेका छन् । रिङ्गरोड सडक ३९ किलोमिटर रहेको छ । जसमा धरपुर दक्षिण र बोलोचोक शिवगञ्ज १० किलोमिटर २०७८ साल अघिनै कालोपत्रै निर्माण भएको थियो ।

गएको वर्ष सोही अन्तर्गतको माइधार दोमुखा ३ किमी सडक पनि कालो पत्रे भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । रिङ्गरोड अन्तर्गतकै शिवगञ्जदेखि व्याङ्गडाँडासम्म पनि कालो पत्रै भइसकेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *