झलनाथ खनाल

काठमाडौँ, १ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रमजान पर्वको शुभकामना सन्देश व्यक्त गर्नु भएको छ।

बुधबार सम्मानित नेता खनालले भन्नुभएको छ,‘यहि २९ फागुनबाट शुरु भएको रमजान रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा रमादानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु।

एक महिनासम्म मनाइने रमजान पर्वमा महिना भरिमा इस्लाम धर्मावलम्बीहरू सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्ति भावतर्फ केन्द्रित हुने गर्दछन्। यस पर्वले मानिसलाई सत्मार्गमा डोर्याउन, विनम्र बनाउन, सहनशील बनाउन, दयालु बनाउन र सदाचारी बनाउन प्रेरित समेत गर्ने गर्दछ।’

उहाँले अगाडि भन्नुभएको छ,‘नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र हो। यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम भातृत्व, सहिष्णुता प्रवर्धनको विकास गर्दछ।

साथै,राष्ट्रिय एकता,राष्ट्र हितलाई मजबुत बनाउन र राष्ट्रको समृद्धि र विकासका लागि समाजवादको बाटोमा हिड्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वासका साथ म पुनः एकपटक हार्दिक शुभकामना ब्यक्त गर्दछु।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *