दमक, १ चैत–नेकपा (माओवादी केन्द्र) दमक नगर वडा नं ३ र ४ को बिहिबार वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दमक–३ र ४ को वडा कमिटीलाई पुनःगठन गरिएको छ ।
वडा नं ४ को वडा अधिवेशन नेकपा (माओवादी केन्द्र) का नेता शुशिल कार्कीको अध्यक्षतामा र कोशी प्रदेश कमिटी सचिवालय सदस्य नेता दुर्गा चौलागाई ‘श्रीकान्त’को प्रमुख आतिथ्यतामा रहेको थियो ।
दमक नगर कमिटी सचिवालय सदस्य अशिम राईका अनुसार वडा नं ४ को वडा कमिटी अधिवेशनबाट सर्बसम्मत नयाँ नेतृत्व चयन भएको छ । १७ सदस्यीय वडा कमिटीको अध्यक्ष मानबहादुर श्रेष्ठ, उपाध्यक्ष बिस्नुमाया धिमाल, सचिव डिकबहादुर कार्की, सहसचिव प्रशुराम सुवेदी कोषाध्यक्षमा तारा पोखरेल रहनुभएको छ ।
त्यस्तैं, कमिटीका सदस्यहरुमा हेमराज गौतम, रमा तामाङ, रामप्रसाद चापागाईं, शान्तिकला बराल, शेरबहादुर खडका, रोहित आचार्य, धनबहादुर धिमाल, बिनोद गोले तामाङ, र कृष्ण राई हुनुहुन्छ । रिक्त रहेको दुई सदस्य आगामी बैठकले मनोनित गरिने भएको छ ।
यता, दमक ३ को आजै सम्पन्न वडा अधिवेशनबाट १७ सदस्यीय कमिटी पुनःगठन गरिएको छ । वडा कमिटीको अध्यक्षमा गणेश धिमाल, उपाध्यक्ष गयत्रा बस्नेत, सचिव मानबहादुर कुरुम्बाङ्ग, सहसचिव प्रबिण जोगि, कोषाध्यक्ष अमरबहादुर धिमाल रहनुभएको छ ।
सो अवसरमा प्रदेश कमिटी सदस्य तथा दमक नगर इन्चार्ज बेदु गौतम, प्रदेश कमिटी सदस्य देउकुमार नेम्बाङ, वाईसिएल नेपाल केन्द्रीय सचिव डम्बर पुलामी ‘कर्मा’ लगायतको नेताहरुले पुनःगठित कमिटीलाई बधाईसहित सफल कार्याकालको शुभकामना राख्नुभएको थियो ।
