काठमाडौं, ३ चैत–प्रि–मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ। अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्नसक्ने अनुमान गरिएको छ। यस्तै बिहानको न्यूनतम तापक्रम १०।४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गोविन्द झाले जानकारी दिए।

उनका अनुसार शनिबार तराईका केही भूभागमा सामान्यतया हावा चल्ने छ। यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य भूभागको मौसम भने आज सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *