काठमाडौं, ३ चैत–नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ। शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति जुटाएका हो।

माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवको संयुक्त हस्ताक्षरमा सहमति पत्र सार्वजनिक गरिएको छ। वक्तव्यमा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ, एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’

बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए भने नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव उपस्थित थिए। तर, नेसपाका अर्का अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी थिएनन्।

डा।बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। यसैबेला प्रचण्डले उक्त पार्टीका सांसदहरुलाई आफ्नै पार्टीमा समायोजन गराएका हुन्।

नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन्। त्यस्तै बागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *