भोजपुर, ३ चैत–भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको छ । शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हो । मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

यता जंगलको डढेलो बस्तीमा पस्दा भोजपुरको टक्सारमा आठ घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका–१२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासीको घर जलेको हो ।

शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगलागीले क्षति पुर्याएको मालबाँसे बस्तीबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ ।

हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए । आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पीडित नरबहादुर कार्कीले सुनाए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *