दमक, ३ चैत–नेपाली कांग्रेस पार्टी समबद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं ५ को गौरादहमा सम्पन्न भेलाले जीतबहादुर धिमाल (जीतु) को अध्यक्षतामा क्षेत्रीय समिति गठन भएको छ ।
दमक–२ निवासी युवा नेता जीतु धिमाल, कांग्रेस निकट नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसबाट राजनीतिक जीवन सुरु गर्नुभएको हो । वहाँ, पार्टी क्षेत्रीय समिति सदस्य तथा नेपाल सगरमाथा टेक्वान्दो डोजाङका अध्यक्ष समेत हुनुहुन्छ ।
गौरादहस्थित बिपी स्मृती भवनमा आज (शनिबार) सम्पन्न भेलाले सर्वसम्मत चयन गरिएको समितिको सचिवमा आशिष लिम्बू र डिल्ली श्रेष्ठ हुनुहुन्छ । त्यस्तैं, समितिको सहसचिवमा सरिता तामाङ र कोषाध्यक्षमा चुडामणी मगर चयन हुनुभएको छ ।
त्यसैगरी, समितिको सदस्यहरुमा कमला राई, पदमबहादुर लिम्बू, बिमला राई चापागाई, दुर्गाकुमार श्रेष्ठ रहनुभएको छ ।
आजैं, सम्पन्न भेलाले झापा क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधिमा चन्द्रसिंह राई, पदम लिम्बू, निरुता तामाङ देवान, इमानसिंह तामाङ र महिलातर्फ लक्ष्मी लिम्बू र नौतली राजवंशी चयन हुनुभएको छ ।
सो भेलामा पार्टी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकु्मारी लिम्बू लगायतका जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र पालिकास्तरीय समितिका नेतृत्वको उपस्थिति थियो ।

