अर्जुनधारा, ४ चैत–झापाको अर्जुनधारामा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) अर्जुनधारा नगर कमिटीको आयोजना र भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविर पार्टीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गरिएको नगर कमिटी अध्यक्ष अर्जुन मेचेले जानकारी दिए ।

अध्यक्ष मेचेका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा जयकुमार ठाकुर, फिजिसियन डा सतिश रोय र बाल रोग विशेषज्ञ डा मनोज चौधरीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा दुई सय ५० जनाले सेवा लिएको बताइएको छ ।

पार्टी वडा कमिटीले संयोजन गरेको शिविरमा जुनकिरी सार्वजनिक आधारभूत विद्यालय, उमामहेश्वर शिवालय मन्दिर र सालबारी मिलडाँडा युवा परिवारले सहयोगी संस्थाकोरुपमा भूमिका निर्वाह गरेका थिए ।

सो शिविरमा पार्टीका केन्द्रीय सदस्य नीलमणी बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, नेता प्रत्युष राणा, दिपक दुलाल लगायतका नेताहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *