काठमाडौं, ४ चैत–नेकपा (एकीकृत समाजवादी) ले आगामी जेठ पहिलो साता हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि १३ वटा समिति गठन गरेको छ। केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै नेताहरुलाई राखेर समितिहरु गठन गरिएको अपानि–१३ मा उल्लेख छ।

‘महाधिवेशन तयारीका क्रममा पार्टी सचिवालयको बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै कमरेडहरु रहेनगरी पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको नेतृत्वमा मूल व्यवस्थापन कमिटी र विभिन्न समितिहरु समेत निर्माण गरेको छ’, अपानिमा भनिएको छ।

अपानि अनुसार, झलनाथ खनालको नेतृत्वमा अतिथि सत्कार कमिटी, डा.वेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी र रामचन्द्र झाको संयोजकत्वमा संस्कृति तथा कला साहित्य कमिटी गठन गरिएको छ।

यस्तै डा।विजय पौडेलको संयोजकत्वमा जनपरिचालन तथा यातायात कमिटी, जगनाथ खतिवडाको संयोजकत्वमा प्रचार प्रसार कमिटी, नागेन्द्र चौधरीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन कमिटी र सावित्रा भुसालको संयोजकत्वमा आवास व्यवस्थापन कमिटी बनाइएको छ।

केदार सिग्देलको संयोजकत्वमा खाद्य व्यवस्थापन कमिटी, गंगालाल तुलाधरको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन कमिटी, केशरकुमार बिष्टको संयोजकत्वमा स्वयंमसेवक परिचालन कमिटी र घनश्याम भूसालको संंयोजकत्वमा सचिवालय कमिटी गठन गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *