दमक, ५ चैत–दमक–६ मा अवस्थित डेलिया मन्टेश्वरीले आज प्रथम बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसमा डेलिया मन्टेश्वरीले शैक्षिक सत्रमा विभिन्न विषयगत उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुका साथै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
डेलिया मन्टेश्वरीका सञ्चालक दिपक न्यौपानेको अध्यक्षतामा र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यस्तैं, सो कार्यक्रममा डेलिया मन्टेश्वरी अभिभावककी अध्यक्ष जमुना खरेल दुलाल, मन्टेश्वरीका प्रिन्सिपल निर्मला न्यौपाने, अभिभावक तथा पत्रकार अनिलदेब राई, पत्रकार बिष्णु पौडेल, हेमन्त राई लगायत सामाजिक तथा स्थानीय व्याक्तित्वहरुको उपस्थिति थियो ।
सो कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरु, मन्टेश्वरीमा अध्यापन गर्नुहुने शिक्षिकाहरु र अभिभावकले आधा दर्जन गीतमा नृत्यहरु प्रस्तुत गरेर सहभागि अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
त्यसैगरी, चालु शैक्षिक सत्रमा जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी, राम्रो अक्षर लेखन, नियमित हाजिर हुने, इन डोर र आवट डोरका विभिन्न खेलहरु, नृत्य र गायनतर्फ उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सोही अवसरमा मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा मन्टेश्वरीका सञ्चालक दिपक न्यौपानेले दमकमा फरक वातबरणसहित सा–साना बालबालिकाको शिक्षा, सीप र संस्कारको विकासमा डेलिया मन्टेश्वरीले आगामी शैक्षिक सत्रमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
