बिर्तामोड, ५ चैत–नेवाः संस्था नेवाः पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । नेवाः पासा मुना पुच बिर्तामोडको आज सम्पन्न ३०औ साधारण सभामा झापा जिल्लामा क्रियाशील दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा एपी वन टेलिभिजनका बिष्णुकुल श्रेष्ठ र जन आन्दोलन डटकमका जोस्ना श्रेष्ठ रहेकी छिन् । नेवा भाषा र सस्कृति संरक्षणमा संचारको क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै संचार क्षेत्रमा अझ शसक्तता बृद्धिको कामनासहित पत्रकार श्रेष्ठ द्वयलाई प्रशंसापत्रले सम्मानित गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भाषाविद गणेश बज्रचार्यबाट सम्मानित द्वयलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उधोग बाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्रचार्यबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै, संस्थाको तर्फबाट बिर्तामोड उधोग बाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिइएको थियो ।

नेवाः पासा मुना पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत र औचित्य माथि प्रकाश संयोजक तारामणि श्रेष्ठले पारेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य सस्थापक सचिव, पुर्व अध्यक्ष तथा सलाहकार कृष्ण उदास, नेवास् देय दवु धरान उपमहानगरपालिका समितिका अध्यक्ष मनोहर रत्न शाक्य, नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका अध्यक्ष राजकुमार राजवंशी, उधोग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने लगायतले राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मिलन शाक्यले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *